तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बारको निर्वाचनमा पनि सत्ता गठबन्धन

403
shares

काठमाडौ । नेपाल बार एशोसियसनको आगामी चैत्र १९ गते सम्पन्न हुने निर्वाचनमा सत्ता गठबन्धनले गठबन्धन गरेको छ । सत्ता गठबन्धनबाट वरिष्ठ अधिकृत गोपाल कृष्ण घिमिरे अध्यक्ष पदमा साझा उम्मेदवार बनेका छन् । त्यसै गरी प्रगतिशिल समूहबाट अध्यक्षमा विष्णुमणि अधिकारी उम्मेदवार बनेका छन् भने वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैजुले समेत अध्यक्ष पदमै उम्मेदवारी दिएकी छन् ।

वारको महासचिव पदमा सत्ता गठबन्धनबाट अञ्जिता खनाल र प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी समूहबाट केदार कोइरालाले उम्मेदवारी दिएका छन् । नेपाल बारको विधान अनुसार एक जना अध्यक्ष सातै प्रदेशबाट १÷१ उपाध्यक्ष सहित एक जना महिला उपाध्यक्ष रहने व्यवस्था रहेको छ । महासचिव र कोषाध्यक्ष एकाएक जना रहने व्यवस्था रहेको छ । विधान अनुसार एक दलित सदस्य उपत्यका बाहिर एक खुल्ला गरी दुई जना मधेशी, मुस्लिम सदस्य रहने व्यवस्था विधानले गरेको छ । दुई जना आदिवासी, जनजाति र महिला सदस्य चयन हुने व्यवस्था गरेको छ । यसैगरी २५ सदस्यीय कार्य समितिमा खुल्लाबाट सात जना सदस्य चुनिने छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरुले एक्ला एक्लै निर्वाचनमा जाँदा पराजित हुने डरले गर्दा प्रत्येक क्षेत्रमा गठबन्धन गरेर निर्वाचनमा गएका भएपनि खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुमा भएका निर्वाचनमा भने सत्ता गठबन्धनले प्रायः सबै ठाउँमा नराम्रो सँग पराजित हुनु परेको छ । नेपाल बारमा पनि सत्ता गठबन्धनले र नेकपा एमाले नजिक रहेको प्रगतिशिल समूहले अन्य स्वतन्त्र र अन्य समूहसँग गठबन्धन गरेर निर्वाचनमा गएको हुनाले सत्ता गठबन्धनले अहिलेै अवस्थामा आफ्नो जित हुने ठोकुवा गर्न सकेको छैन । नेपाल बारको चुनावलाई आउँदो स्थानीय चुनावको परीक्षणका रुपमा समेत हेरिएको छ । नेपाल बारको नेतृत्वले दह्रो गरी खुट्टा टेक्दा न्यायमा पनि केही सुधार हुन सक्ने भएकाले नेपाल बारको निर्वाचनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports