तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचन बारे राजनीतिक दलहरु सँग आज छलफल : निर्वाचन आयोग

520
shares

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बारे राजनीतिक दलहरु सँग आज छलफल गर्दै छ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारी बारे जानकारी गराउने र दलहरुको अपेक्षा बारे रायसुझाव लिइने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोग बाट भएका क्रियाकलाप जानकारी गराउने, आयोग सँग दलका अपेक्षाका विषय वस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो,’ पौडेलले भने ।

आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपा बाहेक ७९ दललाई मान्यता दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ दलले भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएका मध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports