तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजपुर गाविसका तत्कालीन गाविस सचिव सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

455
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरे सहित तीन जना विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा घिमिरे सहित गाविसका तत्कालीन खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह र अर्का खाता सञ्चालक शिवजी कामती विरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध ३ लाख २७ हजार ३४९ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले अनुसार यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports