सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्री खांणलाई जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा कालो झण्डा देखाए

390
shares

बुटवल । गृहमन्त्री बालकृष्ण खांणलाई जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा कालो झण्डा देखाएका छन् ।

शनिबार लुम्बिनीमा अस्पताल शिलान्याश गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्रीलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउनेहरुलाई प्रहरीले रोकेको तर कसैलाई पक्राउ नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

किसान आन्दोलनका माग सम्बोधन नगरेको, स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा सिण्डिकेट लादेको लगायतका ११ बुँदे मागका विषयमा सरकारले बेवास्ता गरेको विरोधमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports