सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल सहित १४ जना विरुद्ध दायर रिटको सुनुवाइका लागि आज आइतबार पेसी तोकियो

429
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ जना विरुद्ध दायर रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको रिट आइतबारको पेसीमा चढेको हो ।

एकीकृत समाजवादी पार्टीको वैधानिकता, माधवकुमार नेपाल लगायतको सांसद पद र सभामुख विरुद्धको रिटमा सुनुवाइका लागि आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । आइतबारको पेसी १२ औँ पटकको पेसी हो ।

यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो । लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटलाई सर्वोच्चले हालसालै अग्राधिकार दिएको थियो । अग्राधिकार प्राप्त भएपछि उक्त मुद्दामाथिको सुनुवाइ अब छिटो छिटो हुनेछ । आइतबार पेसी सूचीको तेस्रो नम्बरमा रहेको कारण आइतबार सुनुवाइ भई केही आदेश आउने अपेक्षा गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports