सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्यकर्मीले उच्च अध्ययनमा जाँदा साधारण विदा पाउने

455
shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीले अब देखि उच्च अध्ययनमा जाँदा साधारण विदा पाउने भएका छन् ।

मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो । ‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण विदा मात्र दिने भन्ने निर्णय मन्त्रालयको फागुन ११ गतेको निर्णयले बदर भएको छ,’ मन्त्रालयले गरेको निर्णयमा भनिएको छ ।

उक्त निर्णय सँगै स्वास्थ्यकर्मीले व्यक्तिगत प्रायसमा शैक्षिक योग्यता बढाउनका लागि तहगत अवरोध नहुने र अध्ययनका लागि नियम अनुसार जे विदा पाउनु पर्ने हो त्यो पाउने भएका छन् ।मन्त्रालयले तीनै तह र स्वास्थ्य संस्थाहरूलाई सो निर्णय कार्यान्वयन गराउन पनि सूचित गरेको छ । तर, मनोनयनमा भने यो नयाँ व्यवस्था लागू नहुने स्पष्ट मन्त्रालयले पारेको छ । अध्ययन विदा लिनका लागि मापदण्ड भने पुरा भएको हुनुपर्ने छ । अध्ययन विदाका लागि स्वास्थ्यकर्मीले कम्तीमा तीन वर्ष दुर्गममा सेवा गरेको हुनुपर्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports