सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केन्द्रीय निर्वाचन समितिको संयोजक गोपाल कृष्ण घिमिरेले राजीनामा दिए

494
shares

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपाल कृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समिति बाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको हो ।

घिमिरे नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल निकट कानुन व्यवसायीको तर्फ बाट साझा उम्मेदवार छन् । बारको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार तय गरेका छन् । बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुनेछ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports