विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध : सभामुख

585
shares

सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौ देखि संसदमा लगातार नाराबाजी गर्दै आएको छ । आइतबार पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन् ।

बैठकमा सभामुख सापकोटाले रुलिङ गर्दै संसद अवरुद्ध हुँदा विचाराधीन ४२ वटा विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने काम प्रभावित भएको बताएका छन् ।

‘विचाराधीन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो,’ उनले अघि भने, ‘संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरुले मलाइ पटक पटक ध्यानाकर्षण गराउनुभएको छ ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports