तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप ८३ जनामा कोरोना संक्रमण

455
shares

पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मंगलबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३० जना कोरोना बाट निको भएका छन् भने हाल ४ हजार ७४६ जना संक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये ४ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये ३० जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ९९४ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६१ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३  जना कोरोना संक्रमित थपिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports