गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एआईजी बढुवाको लागि तीन जनाको नाम सिफारिस

702
shares

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।

फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरे सँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् । बढुवा सिफारिस भएका एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिने छ । अहिले मानव श्रोत र प्रशासन विभाग एउटै छ । मानव स्रोत र प्रशासनलाई छुट्याएर प्रशासन तर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो ।

बढुवा सिफारिस भएका ३ जना एआईजीहरूले प्रहरी महानिरीक्षक बन्न विश्वराज पोखरेल र सहकुल थापा सँग प्रतिस्पर्धा गर्नेछन् । वर्तमान आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । बढुवा सिफारिस गरिएका धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् । वसन्त पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र रवीन्द्र धानुक कार्य विभागमा कार्यरत छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports