२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन

741
shares

नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए ।

उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।सांसदहरुलाई आफ्नो हैसियत र मर्यादा नखोजी जनताको नङमासु जस्तो भएर काम गर्न पनि ओलीले सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा विजय हासिल गर्ने दावी गरे । उनले केही ठाउँमा तालमेल भए पनि अधिकांश ठाउँमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने पनि बताएका भट्टराईले जानकारी दिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports