विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी केन्द्रीय बैंकले तीन वर्ष पछि बढायो औसत ब्याजदर

611
shares

अमेरिकी केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले ०.२५ प्रतिशतले औसत ब्याजदर वृद्धि गरेको छ । करिब तीन वर्षपछि फेडले औसत ब्याजदर वृद्धि गरेको हो । बुधबार बसेको दुई दिन लामो बैठक पछि फेडले औसत ब्याजदर वृद्धि गरेको हो।

विश्वव्यापी महामारीको रुपमा कारोना भाइरसको संक्रमण फैलिएपछि विश्व अर्थतन्त्र नै धरासायी बन्ने स्थीतिमा पुगेको थियो । लाखौँको सङ्ख्यामा मानिसहरुले रोजगारी गुमाइरहेका थिए । अमेरिकी अर्थतन्त्रलाई धरासायी हुन नदिन र स्व–रोजगार प्रवद्धन गर्न फेडले कोभिड विशेष स्टीमुलस जारी गरेको थियो । जसअनुसार २.२५ प्रतिशत रहेको औसत ब्याजदर घटाएर फेडले शून्य प्रतिशत बनाएको थियो भने क्वानटिटेटिभ इजिङ मार्फत बैंकिङ्क प्रणालीमा ७ अर्ब रकम ट्रेजरी बन्ड र मोर्टगेज ब्याकड सेक्युरिटिजको माध्यम बाट रिलिज गरेको थियो ।

कोभिड–१९ संक्रमण कम हुँदै गएपछि र देशको अर्थतन्त्र स्थीर भएपछि सन् २०२१ को अन्त्यबाट नै फेडरल रिर्जभले औसत ब्याजदर बढाउने घोषणा गरेको थियो। अन्ततः उच्च महंगीका कारण भएका समस्याहरुको समाधान गर्न र मूल्य स्थीरता कायम गर्न फेडले ०.२५ प्रतिशतले औसत ब्याजदर बढाएको छ । सन् २०२२ को अन्त्य सम्म फेडरल रिजर्भ र फेडका नीतिकर्ताहरुले १.७५ प्रतिशत देखि २ प्रतिशत सम्म मूल्य वृद्धि गर्ने योजना बनाएका छन् ।

रोजगारी तथा कर्मचारीहरुको पारिश्रमिकमा वृद्धि भएका कारण अमेरिकी अर्थतन्त्र बलियो भएको र यस समयमा अमेरिकी परिवारहरुले भोग्दै आएको मूल्यवृद्धिमा मूल्य स्थिरता ल्याउन औसत ब्याजदर बढाउने जानकारी फेडका अध्यक्ष जेरोमी पावेलले दिएका छन् ।

अमेरिकी विश्लेषकहरु भन्छन्,“ युद्धको बीचमा फेडरल रिजर्भले आक्रमक तरिकाले मुद्रास्फीति नियन्त्रण गर्न नीतिहरु अवलम्बन गरेपनि, यद्धका कारण कच्चा पदार्थको मूल्य वृद्धि र आपूर्तिमा नै अवरोध सिर्जना हुँदा, युद्ध र उच्च महंगीको ख्याल नगरी ब्याजदर बढाउँदा अमेरिकी अर्थतन्त्रमा आर्थिक मन्दी आउने सम्भावना रहेको छ । ”

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports