प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक ढिलो गरी सुरु

585
shares

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक ढिलो गरी सुरु भएको छ।

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिका बारे निर्णय लिन कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान ८ बजे बस्‍ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको हो । केन्द्रीय सदस्य खुमा सुवेदीले केन्द्रीय सदस्यहरु आउन ढिला भएकाले बैठक दुई बजे सम्मलाई सारिएको जानकारी दिइन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्ने बारे बैठकले नीतिगत निर्णय लिने भएकाले चासोपूर्वक हेरिएको छ। गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोग बारे प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बारे नेकपाको उच्च तहमै समान मत छैन। पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए।

पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports