सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्न जापनको सहमति

637
shares

जापानले आउने पाँच वर्षमा भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। भारत भ्रमणमा रहेका जापानी प्रधानमन्त्री फुमिओ कासिदाले शनिबार जापानको नयाँ लगानीबारे जानकारी दिएका हुन्।समाचार संस्था एएफपीका अनुसार पद सम्हालेपछि पहिलो पटक भारत भ्रमणमा आएका कासिदाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्ता गरेका थिए।

वार्ताका क्रममा आर्थिक सहायतादेखि चीन-भारत सीमाको अवस्था र युक्रेनमाथि रूसले गरेको आक्रमणसम्मका विषयमा कुराकानी भएको थियो।जापानले रूसी आक्रमणको विरोध गर्दै आएको छ भने भारत अहिलेसम्म यसबारे मौन बसेको छ। प्रधानमन्त्री कासिदाले कुराकानीको क्रममा आफूले मोदीलाई रूसको यो एक पक्षीय आक्रमणलाई स्वीकार गर्न नहुने बताएको जानकारी दिएका छन्।

जापानले लामो समयदेखि भारतका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। नयाँ लगानीले भारतका शहरी पूर्वाधारदेखि हरित उर्जासम्म विभिन्न उद्योगहरूलाई फाइदा पुग्ने कासिदाले बताए।

यी दुई मुलुकबीच सन् २०१९-२०२० मा झन्डै १२ अर्ब डलर बराबरको व्यापार भएको थियो। त्यसमा भारतले झन्डै ८ अर्ब डलरको सामान आयात गरेको थियो भने चार अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाका अनुसार भारत र जापानले यसअघि सन् २०१४ देखि २०१९ सम्म २९ अर्ब डलरको लगानी लक्ष्य पूरा गरिसकेको बताए।

जापानले मुम्बई (अहेमदावाद बुलेट रेल बनाउन पनि लगानी गर्ने भएको छ। महाराष्ट्रमा जग्गा अधिग्रहणको समस्या भएपछि उक्त परियोजना अघि बढ्न सकेको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports