सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल स्टक एक्सचेन्जले गर्यो कम्पनी वर्गिकरण

572
shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको वर्गिकरणमा यस पटक पनि बीमा कम्पनी ‘ए’ र ‘बि’ वर्गमा पर्न सकेनन् । नेप्सेले गरेको वर्गिकरण अन्तर्गत ‘ए’ वर्गमा ३६ वटा कम्पनी परेका छन् । जसमा २५ जीवन बीमा कम्पनी, ४ विकास बैंक, २ फाइनान्स, एउटा माइक्रोफाइनान्स, तीन वटा हाइड्रोपावर र एउटा उत्पादनमुलक कम्पनी छन् ।

त्यस्तै ‘बि’ वर्गमा तीन वटा फाइनान्स, ४ वटा माइक्रोफाइनान्स, दुई वटा हाइड्रोपावर र एउटा इन्भेष्टमेन्ट कम्पनी परेको छ । नेप्सेले सूचिकृत भएको दुई वर्ष पुरा नभएका कम्पनीलाई ‘जि’ वर्गमा वर्गिकरण गरेको छ । जसमा ५ वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनी परेका छन् । अन्तिममा पर्ने ‘जेड’ वर्गमा सम्पुर्ण बीमा कम्पनी छन् । समयमा साधारणसभा गर्न नसकेका कारण यस पटक एनआईसी एशिया बैंक जेड वर्गमा परेको छ । बीमा कम्पनीहरु पनि समयमा साधारणसभा गर्न नसकेर अन्तिममा पर्ने गरेका छन् ।

नेप्सेले गत माघ ८ गते देखि फागुन २३ गते सम्ममा सूचीकृत कम्पनीहरुलाई संगठित संस्थाको वर्गिकरण गर्नका लागि आवश्यक विवरण माग गरेको थियो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचिकृत कम्पनीहरु बाट प्राप्त विवरणका आधारमा वर्णानुक्रम अनुसार संलग्न सूचि बमोजिम वर्गिकरण गरेको हो । नेप्सेले गरेको वर्गिकरणमा चित्त नबुझे कम्पनीहरुले उल्लेखित समुहमा पर्नु/नपर्ने कारण सहित ३५ दिन भित्र दाबी सहितको आवेदन दिन सक्ने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports