linktrix Long Ad
Salt Trading Long Ad

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार देखि जारी

702
shares

काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार देखि जारी छ ।

कपिलवस्तुको शिवगढीमा जारी बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने मतसहित पेस गरेको राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । पार्टी प्रवक्ता एवं सचिवालय सदस्य खड्गबहादुर विश्वकर्माले अहिले महासचिवले राखेको प्रतिवेदन माथि बहस भइरहेको र अन्तिममा प्रतिवेदन राखिएको विचारकै पक्षमा निर्णय हुने बताए ।

‘महासचिवको प्रतिवेदन पेस गर्नुभएको छ, त्यसमा साथीहरुले विचार राख्ने क्रम जारी छ,’  ‘अहिलेको स्थितिलाई दृष्टिगत गरेर, जन चाहनालाई दृष्टिगत गरेर आगामी चुनावलाई हेर्नुपर्छ भन्ने प्रतिवेदनको भावना छ । त्यसैलाई लिएर बहस भइरहेको छ।’

विश्वकर्माले थपे, ‘तर, अन्तिममा प्रतिवेदनमा जे छ, त्यही दिशातिरै बैठक जान्छ ।’ विश्वकर्मा चुनाव उपयोग गरेर जाने पक्षमा छन्। त्यस्तै सचिवालयका अर्का सदस्य सन्तोष बुढामगर पनि चुनावमा पक्षमा खुलेका छन् । सचिवालय सदस्यहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वली मात्रै चुनाव बहिस्कार गर्ने पक्षमा छन् ।

केन्द्रीय सदस्य विवेक कुमालका अनुसार अहिले सम्म १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । ती मध्य दीपक चलाउने र चुडामणि वली मात्रै चुनावको विपक्षमा देखिएका छन् । आआफ्नो क्षेत्रको रिपोर्टिङ पनि पेस गर्नुपर्ने र विप्लवको प्रतिवेदन माथि समेत धारणा राख्नुपर्ने भएकाले बैठक लम्बिएको कुमालले बताए । अझै धेरै केन्द्रीय सदस्य बोल्न बाँकी रहेकाले बैठक अझैं दुई/चार दिन चल्ने विश्वकर्माको बाँकी छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports