पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्लासिकोमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल

988
shares

बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराउँदै लिग उपाधिको आशा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो ।

बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका पीएरे एमरिक आउबामियाङ नायक रहे उनले दुई गोलको गर्नुका साथै एक गोलको अवसर सिर्जना गरे । आउबामियाङले खेलको २९ औँ मिनेटमा ओसमान डेम्बेलेको पासमा बार्सालाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा रोनाल्ड अराउजोले बर्साको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा फेरान टोरेस र आउबामियाङले एक एक गोल गर्दै टोलीलाई सहज जीत दिलाए । यसअघि लगातार पाँच वटा एल क्लासिको जितेको रियल लिगमा ९ खेल बाँकी छँदा दोस्रो स्थानमा रहेको सेभिया भन्दा ९ अंकले अघि रहेको छ । बार्सिलोना सेभिया भन्दा ३ अंकले पछि रहेको छ । बार्सा पछिल्ला १२ खेलमा अपराजित रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports