प्रधानमन्त्री देउवा आज पूर्वाञ्चल जाने
वि.सं.२०७८ चैत ७ सोमवार ०८:४७
shares
$_ k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ af9L k|efljt If]qsf] :ynut lg/LIf0fsf qmddf s~rgk'/sf] bf]wf/f rfbFgLdf cfof]lht sfo{qmddf ;xefuL x'g'x'b} . ;'b"/klZrddf af9L / klx/f]sf] lg/LIf0fdf k|wfgdGqL b]pfj ;+u} cy{ dGqL hgf{hg zdf{ / ko{6g dGqL k|]d cfn] ;d]t ;xefuL x'g'x'GYof] . t:aL/M z]/axfb'/ l;+x÷/f;;, s~rgk'/
प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीन वटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका)१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।






































