विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलंका गम्भीर आर्थिक संकटमा, कागज अभावले परीक्षा समेत रद्ध

598
shares

काठमाडौं । श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षा समेत रद्ध गर्नु परेका समाचार सार्वजनिक भएका छन् ।

आज बाट सुरु हुने भनिएको विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकालका लागि रद्ध गरिएको श्रीलंकाका अधिकारीहरुलाई उद्धृत गर्दै द गार्जिएनले समाचार लेखेको छ । परीक्षा रोकिंदा लाखौं विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबै भन्दा खराब वित्तीय संकट बाट श्रीलंका गुज्रिरहेको छ । वस्तु आयात गर्न डलरको अभाव छ ।

श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ, ‘कागज अभावका कारण टेस्ट परीक्षा लिन कठिन भएको छ । किनभने कागज र मसी आयात गर्ने विदेशी मुद्रा छैन ।’ विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्र समेत गम्भीर रुपमा प्रभावित भएको छ । श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ ।

यसै वर्ष श्रीलंका माथि करिब ७ अर्ब डलर ऋण तिर्नुपर्ने जिम्मेदारी छ । तर फेब्रुअरी महिनाको अन्त्य सम्म विदेशी मुद्रा भण्डार केबल २.३ अर्ब डलर रहेको समाचार सार्वजनिक भएको थियो । आवश्यक वस्तु खरिदका लागि श्रीलंका सँग विदेशी मुद्रा अभाव रहेको यही तथ्यांकले पनि देखाउँछ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा बढेको महँगीले पनि श्रीलंका थप समस्यामा परेको छ ।

संकट गहिरिंदै गएपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग आर्थिक सहयोग मागेको थियो । आईएमएफले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले मागेको आर्थिक सहयोगमा विचार गरिरहेको जनाएको छ । श्रीलंकाले मुख्य सहयोगी राष्ट्र चीन सँग पनि आर्थिक सहयोग मागेको समाचार सार्वजनिक भएको थियो ।

आर्थिक संकटमा फसेको श्रीलंकाका लागि भारतले एक अर्ब डलर ऋण सुविधा प्रदान गर्ने घोषणा बिहीबार गरेको थियो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे तीन दिने भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँदिल्ली आएको बेला सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports