kumari
stcnepal

शेयर बजार नेप्से परिसूचक १७ दशमलव ९९ अंकले बढ्यो

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ९९ अंकले बढेर २,६३४ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज १५६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ५१ करोड ८९ लाख ०८३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ९ करोड २३ लाख रुपैयाँका शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ९ करोडमाथिको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोडमाथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुपका लगानीकर्ताले ७ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।

आज नेपाल टेलिकमका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ९७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

 

footer