सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौतम निवासको बैठक सापकोटालाई फलिफाप

611
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष बीचको आन्तरिक द्वन्द्व बाहिरी रुपमा केही मथर भएको जस्तो देखिएपनि भित्री रुपमा भुसको आगो सल्किएजस्तो सल्कँदै गएको छ । नेकपाको सचिवालयमा रहेका ९ जना मध्येका ४ जना सदस्यहरुले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई सहयोग गर्ने बचन दिएका हुनाले सचिवालयमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन् । तत्कालिन नेकपा एमाले भित्रको गुट उपगुटको व्यवस्थापन हुन नसक्दा अहिले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपश्चात् पनि पुरानै गुटले गर्दा नेकपालाई संकट पर्ने निश्चित जस्तै भएको छ ।

केही समय पहिला नेकपाका नेता एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको भैसेपाटी निवासमा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठको बैठक बसेको थियो । त्यही बैठकले खनाल, नेपाल, गौतम र श्रेष्ठले पार्टी अध्यक्ष दाहाललाई समर्थन गर्ने निर्णय गरेका थिए । श्रेष्ठ पहिला देखिनै अध्यक्ष दाहाल पक्षकै भएकाले पार्टी सचिवालयमा रहेका ९ जना मध्येका ५ जनाले अध्यक्ष दाहाललाई समर्थन गर्ने भएपछि प्रधानमन्त्री केपी ओली सभामुखमा आफ्नो अडान छोड्न बाध्य भएका थिए । पार्टीका नेता गौतमले निकै पहिला देखि नै संविधाननै संशोधन गरेर आफूलाई सांसद बनाउँदै प्रधानमन्त्री बनाउनुपर्ने अडान लिँदै आएका छन् । उनको भनाईमा राष्ट्रियसभाको सदस्य प्रधानमन्त्री हुन नपाउने संवैधानिक व्यवस्थालाई परिवर्तन गरी आफूलाई प्रधानमन्त्री बनाउन पार्टीका नेताहरुले सहयोग गर्नुपर्ने बताउँदै आएका भएपनि एक व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधाननै संशोधन गर्न प्रधानमन्त्री ओली सहमत नभएपछि गौतम दाहालको शरणमा पुगेका छन् ।

अध्यक्ष दाहालले भनेकै व्यतिm सभामुख बनेपछि नेपाल कम्युनिष्ट पार्टीभित्रको रडाको बाहिर आउन सक्ने सम्भावना देखिएको छ । तत्कालिन नेकपा एमाले भित्रको गुट र उपगुटको नेतृत्व केपी ओली र माधव नेपालले गर्दै आएका र ओली र नेपाल बीचको सम्बन्ध समेत राम्रो हुन नसकेका हुनाले अहिले नेपाल ग्रुपलाई साथमा लिएर दाहालले ओली गुटलाई कमजोर अवस्थामा पु¥याउन सक्ने सम्भावना बढेको छ । यदि त्यसो भएमा नेकपा विभाजनको संघारमा पुग्न सक्ने एक नेताले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports