स्थानीय तहको उम्मेदवार बन्न एसएसपी बाट राजिनामा
वि.सं.२०७८ चैत ७ सोमवार १९:५५
shares

काठमाडौं । मेयरको उम्मेदवार बन्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले राजीनामा दिएका छन् ।
धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न उनले प्रहरीको सेवा छोडेका हुन् । ‘फागुन ५/६ तिर एसएसपी बाट राजीनामा दिएको हुँ । फागुन १० मा राजीनामा स्वीकृत भएको छ’, साहले भने, ‘राजनीति बाट जनताको सेवा गर्ने इच्छा भएर प्रहरी सेवाको अवधि छदैँ पद बाट राजीनामा दिएँ ।’
साहको कार्यावधि १३ महिना बाँकी थियो । उनी २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । जनताको चाहना अनुसार आफू उम्मेदवार बन्न लागेको उनले सुनाए । ‘कांग्रेस पार्टीमा पनि कुरा भएको छ । टिकट दिने कुरा गर्नुभएको छ । जनताले उठ्न पर्यो भनेपछि उम्मेदवार बन्न लागेको हुँ’ साहले भने । २०७४ सालको स्थानीय तह निर्वाचनमा विदेह नगरपालिकामा माओवादी केन्द्र बाट मेयरमा बेचन दास विजयी भएका थिए । उनी हाल माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका छन् ।

































