पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीले कर्णालीका जिल्लामा चुनावी कमान्डर खटायो

1.39K
shares

सुर्खेत । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले सबै जिल्लामा चुनावी कमान्डर खटाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डर खटाएको हो ।

जसअनुसार चन्द्रबहादुर शाहीलाई हुम्ला, शेरबहादुर केसीलाई रुकुम पश्चिम, हंशबहादुर शाहीलाई डोल्पा, अम्मरबहादुर थापालाई दैलेख, देविलाल थापालाई जुम्ला, नन्दा शर्मालाई सल्यान, ठगेन्द्रप्रकाश पुरीलाई सुर्खेत, कृष्णबहादुर विसीलाई जाजरकोट, कुर्मराज शाहीलाई कालीकोट र गोपाल बमलाई मुगुमा खटाएको हो । चुनावी कमान्डरहरु ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ लिएर सोमबार आज देखि नै तोकीएका जिल्लाहरुमा जानेछन् । उनीहरुले चैत २० गते सम्म जिल्ला देखि टोलस्तर सम्म १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्नेछन् ।

समाजवादीको आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो पूर्ण बैठकले नेताहरुलाई चुनावी कमान्डका रुपमा जिल्लामा खटाउने निर्णय गरेको प्रदेश कमिटी सचिव ठगेन्द्रप्रकाश पुरीले जनाए । बैठकले २७ वटा विभाग, १२ सदस्यीय कार्यालय र ४७ सदस्यीय सचिवालय गठन गरेर नेताहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले बताए । समाजवादीले चैत १५ गते सबै जिल्लामा र १८ गते पालिकामा निर्वाचन परिचालन कमिटीहरु घोषणा गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले निर्वाचनमा गठबन्धन बीच चुनावी तालमेल हुने दाबी गरे । ‘हामी आफ्नै शक्तिमा चुनावमा जानसक्छौँ तर अहिलेको अवस्थामा कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था छैन’ ज्वालाले भने, ‘एउटै दलको बहुमत नआउनेहुँदा गठबन्धन बीच स्थानीय तह देखि प्रतिनिधिसभाको चुनावसम्म तालमेत हुन्छ ।’ यस्तै बसेको समाजवादीमा समाहित भएका नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद्का ११ जनालाई प्रदेश कमिटी सदस्यहरुको मानोनित गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports