सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हरभनसिंह भारत राज्यसभाको सासंद बन्ने पक्का, आम आदमी पार्टीले बनायो उम्मेदवार

429
shares

आम आदमी पार्टी (आप) ले पूर्व क्रिकेटर हरभजन सिंहलाई राज्यसभाको उम्मेदवार बनाएको छ। सोमबार उनले पन्जाब बाट राज्यसभाको लागि आप बाट उम्मेदवारी दिएका हुन्।

‘क्रिकेटर हरभजन सिंहले पन्जाब बाट राज्यसभाको लागि उम्मेदवारी दिएका छन्,’ आपको आधिकारिक ट्विटरमा उल्लेख छ, ‘बलिङ लेजेन्ड भएर भारतलाई गर्व गराएपछि अब मिस्टर टर्बनेटरले आफ्नो आवाज संसदमा पन्जाबको जनताका लागि उठाउनेछन्।’ उनी सँगै दिल्लीका विधायक राघव चढ्दा र आइआइटी दिल्लीका प्रफेसर डा. सन्दीप पाठकलाई आपले राज्य सभा चुनावको लागि उम्मेदवार बनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। राज्य सभाको चुनाव मार्च ३१ मा हुँदैछ।

गत हप्ता मात्रै आपले पन्जाबमा आफ्नो सरकार बनाएको छ। पन्जाबमा आपले ११७ मध्ये ९२ सिट जितेपछि हरभजन सिंहले ट्विट गर्दै मुख्यमन्त्री बनेका भगवन्त मान सिंहलाई बधाई समेत दिएका थिए। उनीहरू बाहेक कृष्ण प्राण ब्रेस्ट क्यान्सर केयर च्यारिटेबल ट्रस्टका संस्थापक संजीब अरोडा र लभ्ली प्रोफेसनल युनिभर्सिटीका च्यान्सलर अशोक मित्तललाई पनि उम्मेदवारी दिएका छन्।

मार्च ३१ मा १३ वटा राज्य सभा सिटको लागि चुनाव हुन लागेको हो। जस मध्ये पन्जाबका सासंदहरूले पाँच सासंदको लागि मत दिन लागेका हुन्। बाँकी तीन सिट केरला, दुई असम र हिमालञ्चल प्रदेश, नागाल्यान्ड र त्रिपुराबाट एक-एक सिटको लागि चुनाव हुँदैछ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports