सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने : राष्ट्रपति बाइडेन

416
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्ने सक्ने बताएका छन् ।

बाइडेनले युक्रेन युद्धमा कडा प्रतिरोध सामना गरिरहेका कारण पुटिनले रासायनिक तथा जैविक हतियार प्रयोग गर्न सक्ने बताएका हुन् । रुसले यसैका लागि आधार तयार गर्न युक्रेन सँग जैविक एवम् रासायनिक हतियार रहेको झूठो आरोप समेत लगाएको बाइडेनको भनाइ छ । युक्रेनको सेनाले कडा प्रतिरोध गर्दा पुटिन ‘अप्ठ्यारोमा परेको’ पनि बाइडेनले बताए । पुटिनले ‘फल्स फ्ल्याग’ अर्थात् अरुलाई दोष देखाएर जैविक एवं रासायनिक हतियार प्रयोग गर्न सक्ने पनि उनको भनाइ थियो ।

‘उनीहरूले युक्रेनमा जैविक तथा रासायनिक हतियार भएको बताइरहेका छन्’, बाइडेनले भने, ‘यो दुबै हतियार प्रयोग गर्ने बारे पुटिनले सोचिरहेको कुराको प्रस्ट संकेत हो ।’ यदि पुटिनले जैविक तथा रासायनिक हतियार प्रयोग गरे नेटो राष्ट्रले कडा कदम चाल्ने पनि बाइडेनको चेतावनी थियो । तर त्यस्ता हतियार प्रयोग भएको अवस्थामा नेटोले चाल्न सक्ने कदम बारे उनले केही खुलाएनन् । – एजेन्सी

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports