प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अभिनेता शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा १४ वर्ष सजायको माग

572
shares

काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ९३० को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

 

किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । नवलपरासी पूर्वमा शाहविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports