सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालाका दुई जना कर्मचारी माथि कुटपिट

442
shares

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत दुई जना कर्मचारी माथि कुटपिट भएको छ । प्रयोगशाला प्राविधिक वीरगञ्ज–२६ बस्ने अताउल हक र स्वीपर महेन्द्र राउत माथि कुटपिट भएको हो ।

सोमबार राति साढे ९ बजेतिर रगत परीक्षणको रिपोर्ट माग्न आएका विरामीका आफन्तले उनीहरु माथि हातपात गरेका हुन् । ४/५ जनाको समूहले उनीहरुलाई कुटपिट गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार स्वीपर राउत पञ्जा लगाएर सरसफाइको काम गरिरहेका थिए भने र प्राविधिक हक प्रयोगशालामा व्यस्त थिए । ‘रिपोर्टका लागि एकैछिन पर्खनुस’ भन्दा आक्रोशमा आएर गाली गलौज गर्नुको साथै आफूहरुलाई कुटपीट समेत गरेको पीडितहरुले बताएका छन् ।

प्रहरीले कुटपिटमा संलग्नको आरोपमा बाराको प्रसौनी गाउँपालिका ६ बस्ने २६ वर्षीय आदर्श साह र २० वर्षीय आकाश साह पक्राउ गरेको छ । उनीहरु बहिनीको प्रसुति गराउन नारायणी अस्पताल आएका थिए । रिपोर्ट लिने क्रममा स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोप उनीहरु माथि लागेको छ । दुवैजनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनको भनाइ छ । उनीहरुले प्रयोगशाला भित्रै पसेर कुटपीट गर्दा माइक्रोस्कोप, कम्प्युटर, प्रिन्टर, कुर्सी, ट्युब राख्ने भाँडो लगायतका सामाग्रीमा क्षति पुगेको छ । प्रयोगशालामा झण्डै डेढ लाख बराबरको नोक्सानी भएको इन्चार्ज हिराबाबु पाण्डेले जानकारी दिए । ‘काम गर्न केही समय लाग्ने वित्तिकै कर्मचारीलाई गाली गलौज र कुटपीट गर्छन्’ उनले भने, ‘सीमित स्रोत साधन र सेवा सुविधामा काम गर्नुपर्छ । यसरी असुरक्षित भएर त कसरी काम गर्ने ?’

डाक्टर प्रभाकर पाण्डेले प्रयोगशाला भित्रै पसेर स्वास्थ्यकर्मी माथि आक्रमण गर्नु निन्दनीय कार्य भएको बताए । काम गर्न सुुरक्षित वातावरण चाहिने बताउँदै उनले यसबारेमा अस्पताल प्रशासनसँग छलफल गरेको समेत बताए । ‘इमर्जेन्सी ल्याब अलि टाढा छ । इमर्जेन्सी कक्षमै ल्याब राख्न गृहकार्य पनि भइरहेको थियो’, उनले भने ‘ल्याबका लागि आवश्यक उपकरणको अभावमा स्थापना गर्न सकेका थिएनौं । त्यसले गर्दा पनि बेला बेलामा समस्या आउँछ ।’

अस्पतालले कुटपिट गर्नेहरु विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन प्रहरी समक्ष आग्रह गरेको छ । अस्पतालले गरेको आग्रह अनुसार नै आरोपीहरु विरुद्ध अभद्र व्यवहारको मुद्धामा पर्सा जिल्ला अदालतमा म्याद थपका लागि पठाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports