सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी पारित भएपछि यसबारे भ्रम फैलाउन खोजियो : महन्थ ठाकुर

442
shares

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि यसबारे भ्रम फैलाउन खोजिएको बताएका छन् । एमसीसी विशुद्ध विकास परियोजना भएको उनको भनाइ छ ।

पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमसीसी बारे आफ्ना नेता/कार्यकर्तालाई व्रिफिङ गरेका छन् । त्यस क्रममा उनले विकासको काम गर्न अरुतिर ऋण लिँदा चर्काे व्याज तिर्नुपरिरहेको र यो परियोजना बाट आउने रकम अनुदान भएकाले फिर्ता गर्नु नपर्ने बताए । ‘यो परियोजना अन्तर्गत विद्युत लाइन र सडकको काम हुन्छ’ उनले भने, ‘५ बर्ष भित्र ट्रान्समिसन लाइन र सडकको काम पूरा हुन्छ । यो देशको हितमा भएकाले हामीले समर्थन गरेका हौं ।’

केही व्यक्तिले अफवाह फैलाए जस्तो एमसीसी नेपालको संविधान भन्दा माथि नरहेको उल्लेख गर्दै ठाकुरले यो परियोजना सँग सैनिक संगठन बारे कुनै सम्बन्ध नभएको बताए । यो परियोजनामा नेपालकै इन्जिनियर, प्रशासन र कामदारले काम गर्ने भन्दै उनले यो परियोजना नेपालकै कब्जामा रहेर काम गर्ने बताए । ‘नेपाललाई बेचिदियो भनेर कतिपयले भनिरहेका छन्’ नेता ठाकुरले भने, ‘तर सबै प्रधानमन्त्रीले यसलाई समर्थन गरेका छन् । सबैको कार्यकालमा एमसीसी बारे केही न केही काम भएको छ । त्यसैले त विरोध गर्नेहरुले पनि यसलाई स्वीकारेका छन् ।’

अध्यक्ष ठाकुरले आफूहरुको मुद्दा सम्बोधनका लागि सरकार सँग छलफल भइरहेको बताए । नागरिकता समस्या, नेता/कार्यकर्ता माथि लगाइएको मुद्दा फिर्ता सम्बन्धमा आफ्नो पार्टीको तर्फ बाट सर्वेन्द्रनाथ शुक्ल र सरकारको तर्फ बाट मन्त्री ज्ञानेन्द्र कार्कीबीच छलफल चलिरहेको बताए । मुद्दा सम्बोधन नभए सम्म तत्काल सरकारमा सहभागी नहुने उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports