पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अभिनेता पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिए

663
shares

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँले गरेको अनुसन्धानका क्रममा सरकारी वकिल समक्ष बयान दिँदै उनले पीडित १८ वर्ष भन्दा कम उमेरको भएको थाहा भएको उल्लेख गरेका हुन् । शाहले सार्वजनिक भएको अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेका जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । तर उनले जबरजस्ती करणी गरेको अभियोग चाहिँ स्वीकारेका छैनन् ।

घटना भएको भनिएको दिन आफू पीडित सुतेको कोठामा गएर ढोका धकेलेर भित्र पसेको उनले स्वीकारेका अभियोगपत्रमा उल्लेख छ । तर वियर खान दिएर फेसवास लिएर कोठामा गई कमल खत्री सँग सुतेको भनेका छन् । पीडितले २०७८ सालको जेठ महिना अन्तिम तिर फोन गरेर आफूहरुको सम्बन्ध बारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।

‘मलाई गाह्रो भयो, महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने म्यासेजहरु मलाई प्रेसित गरेकी थिइन्’ उनले भनेका छन्, ‘… छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।’ शाह विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले मंगलबार जबर्जस्ती करणीको मुद्दा दर्ता गराएको छ र १२ देखि १४ वर्ष सजाय माग दाबी गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports