पाँच सहसचिवको नाम सिफारिस गर्यो लोकसेवा आयोगले
वि.सं.२०७८ चैत ९ बुधवार ०७:२९
shares

काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को खुला प्रतिस्पर्धा बाट पाँच सहसचिव सिफारिस भएका छन् । आयोगले नेपाल प्रशासन सेवाको सहसचिव तर्फको चैत एक गते देखि आठ गते सम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धा तर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा सार्वजनिक भएको नजिता अनुसार पाँच सहसचिव सिफारिस भएका हुन् ।
सहसचिव उत्तीर्ण हुनेमा खुल्ला तर्फ सुरेश पन्थी र प्रदीप परियार रहेका छन् भने अपाङ्गता तर्फ श्यामकृष्ण थापा, महिलातर्फ कल्पना श्रेष्ठ र मधेसीतर्फ सुरेश राउत रहेका छन् । २०७८ पुस चार गते देखि सात गते सम्म सञ्चालन भएको लिखित परीक्षामा खुल्ला प्रतिस्पर्धा तर्फ दुई, महिला तर्फ एक, मधेसी तर्फ एक र अपाङ्गग तर्फ एक गरी पाँच पदका लागि परीक्षा सञ्चालन भएको थियो । अन्तर्वार्ताका लागि खुल्ला तर्फ चार, महिला तर्फ सात, मधेसी तर्फ तीन र अपाङ्गत तर्फ तीन गरेर जम्मा १७ जना छनौट भएका थिए ।




































