पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केहि विज्ञहरू राप्रपामा प्रवेश, गरे अध्यक्ष लिङदेनको प्रशंसा

1.11K
shares

काठमाडौं । यति बेला राजनीतिक दलहरू अरु पार्टीका नेता कार्यकर्ता तान्ने होडमा छन् । दिनदिनै विभिन्न राजनीतिक दलका ‘पार्टी प्रवेश कार्यक्रम’ भइरहेका छन् ।

तर, मंगलबार राप्रपाको केन्द्रीय कार्यालयको दृश्य भने अलि फरक थियो । लामो समय देखि विभिन्न क्षेत्रमा कार्यरत विज्ञहरू हुल बाँधेर राप्रपाको कार्यालय आए । अध्यक्ष लिङ्देन सँग भेटेर कुराकानी गरे पश्चात राप्रपामा औपचारिक प्रवेश गरे । उनीहरू यसअघि कुनै राजनीतिक दलका सदस्य थिएनन् । उनीहरूको भनाइ थियो, ‘राप्रपाका अध्यक्ष लिङ्देन समकालीन राजनीतिमा इमानदार छवि बनाएका नेता हुन्, यस्तो बेला पर बसेर मात्रै होइन साथ दिएर हिड्नुपर्छ भनेर आएका हौं ।’

कृषि क्षेत्रमा माटो विज्ञको रूपमा लामो समय काम गरेका, पूर्वडिन लमजुङका प्रा.डा. केशवराज अधिकारी, वन विभागमा ३७ वर्ष सेवा गरी निवृत्त भएका चितवनका वनविज्ञ बलराम पौडेल, सिभिल इन्जिनियर बाट सेवानिवृत्त भइ वातावरण संरक्षण क्षेत्रमा काम गरिरहेका तनहुँका ठाकुर पण्डित राप्रपामा औपचारिक प्रवेश गरे ।

यस्तै, महालेखा नियन्त्रण कार्यालयमा बडा लेखापालको रूपमा सेवा गरेका, असहायहरुको संरक्षण गरिरहेको संस्था वसन्त फाउन्डेसनका ललितपुरका रवीन्द्र केशरी पौडेल, ललितपुरका आइटी इन्जिनियर सुचना प्रविधि विज्ञ आशिष पौडेल लगायतले पनि राप्रपा रोजेका छन् । राप्रपाका अध्यक्ष लिङ्देनले विज्ञहरूलाई पार्टी प्रवेश गराउदै नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने राजनीति शुद्ध हुने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports