प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालयमा एकले अर्कोलाई देखाउने भन्दा पनि समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ : मन्त्री भुसाल

507
shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालय सम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्ने तर्फ लाग्न आग्रह गरिन् । व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको भीड हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थी भन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले जवाफ दिने अवस्था आएको बताइन् । उनले भनिन्, ‘एकले अर्कोलाई देखाउने भन्दा पनि समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ ।’

जनताको कर र जनताका छोराछोरीले तिरेको ‘शुल्क’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले साधन र स्रोतलाई सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि विलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।’ मन्त्री भुसालले अघि भनिन्, ‘अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति त्रिविकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।’

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भुसालले समग्र शैक्षिक सुधारका लागि पनि यस विश्वविद्यालयमा सुधार हुनुपर्नेमा जोड दिए । उनले भने, ‘त्रिविले शैक्षिक गुणस्तरको नेतृत्व गर्नुपर्छ, त्यसका लागि निरन्तर काम गर्नुपर्छ ।’ कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports