प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय मानव अधिकार आयोगले लेटाङ घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गर्यो

533
shares

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले मोरङको लेटाङमा प्रहरी मारिएको घटनाका दोषी पहिचान गरी तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै प्रभावकारी अनुसन्धान मार्फत घटनामा संलग्‍न दोषीको पहिचान गरी कानूनी दायरामा ल्याउन आग्रह गरेको हो । विज्ञप्तिमा घाइतेहरुको निशुल्क स्वास्थ्योपचार गर्न, बालिका माथि भएको यौन दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।

आयोगले भविष्यमा यसप्रकारका घटना हुन नदिन सचेत र संवेदनशील हुन सबै पक्षलाई आग्रह गरेको छ । एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका लेटाङ नगरपालिका-५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोली माथि चैत ६ गते आक्रमण भएको थियो । आरोपित शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोली माथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports