पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने : राजेन्द्र लिङ्देन

949
shares

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने टिप्पणी गरेका छन् ।

बिहीबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ती पार्टीलाई मत दिनु गल्ती हुने बताए । ‘३१ बर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सीमित नेताको चक्रव्यूहमा देश सँगै हामी पनि फसेका छौं,’ उनले भने, ‘अबको चुनावमा पनि तिनै दलहरुलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’

कांग्रेस, एमाले, माओवादी लगायतका दलले देशलाई भिख माग्ने बनाएको भन्दै उनले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्नु गलत भएको तर्क गरे । सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports