पाँच दलीय गठबन्धनलाई चुनाव सम्म बचाउनुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा
वि.सं.२०७८ चैत १० बिहीवार १८:३५
shares
k|d b]pjf bdf}nL, !) r}tM g]kfnL sf+u|]; tgx'Fn] laxLaf/ kf6L{ sfof{nodf cfof]hgf u/]sf] :jfut sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;
दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनाव सम्म बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस तनहुँले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे । उनले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भने, ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।’ प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे ।
तनहुँ आदिकवि भानुभक्त आचार्यको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै प्रधानमन्त्री देउवाले काङ्ग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गरे । उनले सबै निर्वाचनमा तनहुँमा काङ्ग्रेसले जित्नुपर्ने धारणा राखे ।




































