तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेठ देखि फारम भरेको १५ दिन भित्रै परीक्षा दिन पाउने व्यवस्था : यातायात विभाग

403
shares

काठमाडौं । यातायात व्यवस्था विभागले जेठ बाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए ।

‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ घिमिरले भने, ‘नभएर विभागमा प्रिन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्छ ।’ ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिना भित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ । ‘शुल्क लिएर घर सम्मै डेलिभरी गरिदिन सकिन्छ भनेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ महानिर्देशक घिमिरेले भने ।

उनका अनुसार जेठ देखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठ सम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राही सँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिन भित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए । ‘अहिले दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी हुँदैछन्, अब क्षमता बढाएर १५ हजार बनाउँछौं,’ घिमिरेले भने, ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एक पटक मात्रै अनलाइन आवेदन भनसक्ने बनाएर बिचौलिया रोक्छौं ।’ जेठ पछि अनलाइन बाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने भन्दै उनले अहिलेको भन्दा प्रभावकारी ढंग बाट सेवा प्रवाह दावी गरे ।

‘आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिन भित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलायन बाट शुलक भुक्तानी गर्न सक्ने व्यवस्था गर्छौं,’ उनले भने । बागमती बाहेकका अन्य प्रदेशले अंकभारका आधारमा ट्रायल लिने काम सुरु गर्न लागेको भन्दै महानिर्देशक घिमिरेले यो व्यवस्था सबैतिर लागू भएपछि लाइसेन्स वितरण थप सहज हुने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports