नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचनका लागि ६७६ जना अधिकृतमा नियुक्त

507
shares

काठमाडौँ – २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ।

आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुने गरी न्यायाधीशलगायत ६७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ। ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यालयले नै व्यहोरा अवगत गरी खटाई पठाइदिन’ समेत आयोगले सम्बिन्धीत निकायलाई निर्देशन दिएको छ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौंडा, बुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको आयोगले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports