गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संकटका बेला कालाव्यापारीहरु कालो धन्दामा

598
shares

हाम्रो उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वका धेरै मुलुकहरुलाई प्रभावित पारेको छ । भाग्यवस त्यो कोरोना भाइरस आजसम्म नेपालमा भेटिएको छैन । अहिले पनि उक्त कोरोना भाइरसबाट बच्न हामीलाई सावधानी र सर्तकता आवश्यकता रहेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत उच्च जोखिममा राखेको हुनाले त्यसलाई ध्यानमा राखेर नेपाल सरकारले आफ्ना जनतालाई सावधानीका सूचनाहरु जारी गरिरहेको छ । तर सरकारी सूचनाहरुलाई बेवास्ता गर्दै केही काला व्यापारी र उद्योगपतिहरुले बजारमा पाइने सामानहरुको कृत्रिम अभाव उत्पन्न गराउन थालेका छन् । मुलुकमा आएको संकटलाई सबैले मिलेर समाधान गर्नुको बदला जनतालाई अप्ठ्यारो परेको बेला त्यही संकटको फाइदा उठाउँदै पैसा कमाउन खोज्ने कालाव्यापारीहरुले बजारमा कृत्रिम अभाव सिर्जना गर्न थालेका हुन् । पछिल्लो समयमा बजारमा आवश्यक सामानहरु पाइन छाडेका छन् भने सरकार भने मूकदर्शक भएर बसेको छ । संकट परेको बेला कृत्रिम अभाव देखाउने काला व्यापारीहरुको कार्टेलिङ्ग निकै फस्टाउने गर्दछ । व्यापारको खोल ओडेका काला व्यापारीहरु यस्ता संकटका दिन कुर्दै बस्ने गरेका छन् । यस्तो संकटपूर्ण अवस्थाको फाइदा उठाउने काला व्यापारीहरुले पछिल्लो समयमा उपभोक्ताहरुलाई निकै सास्ती दिने गरेका छन् । २०७२ सालमा गएको विनासकारी भूकम्पको बेलामा समेत व्यापारीहरुले उपभोक्ताहरुलाई यस्तै सास्ती दिएका थिए । अहिले पनि कोरोना भाइरसको नाममा त्यस्तै सास्ती दिन थालेका छन् ।

जबजब मुलुकमा संकट उत्पन्न हुन्छ तबतब उपभोक्ताहरु काला व्यापारी र उद्योगपतिहरुको मारमा पर्ने गरको छन् । भारतले लगाएको अघोषित नाकाबन्दी (२०७२) का बेलामा समेत उनीहरुले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल जस्ता बस्तुमा कार्टेलिङ्ग गरेर उपभोक्ताहरुलाई सास्ती दिएका थिए । त्यसबेला उपभोक्ताले चर्को मूल्य चुकाउनु परेको थियो । अभावका बेला कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र कार्टेलिङ्ग गरेर सिमित समूहले उपभोक्तालाई निकै दोहन गरेका थिए । अहिले फेरी त्यस्तै अवस्था सिर्जना गरिएको छ । पछिल्लो समयमा नेपालभित्र कुनै संकट देखिएको थिएन । तर अचानक चीनबाट कोरोना भाइरस फैलिएपछि त्यसको मारमा नेपालसमेत परेको छ । आजसम्म नेपालमा कोरोना भाइरस नदेखिए पनि सावधानी र सर्तकर्ताका लागि चाहिने आवश्यकीय सामानहरुमा उपभोक्ताहरु लुटिन थालेका छन् । कालोबजारी गर्ने व्यापारीहरुले रु. ३० मा पहिला पाइने माक्सलाई १ सय ५० सम्ममा विक्रि वितरण गरिरहेका छन् भने ८० रुपैँया पर्ने माक्सलाई ४ सय सम्ममा विक्रि वितरण गरिरहेका छन् । तोकिएको मूल्यभन्दा बढी रकम नतिर्ने उपभोक्ताहरुलाई उनीहरुले सामान नभएको बताउँदै आएका भएपनि बढी मूल्य तिर्न बाध्य भएका उपभोक्ताहरुलाई सामान विक्रि वितरण गरिरहेका छन् । उपभोक्ताहरुले समेत सामान नपाइने डरले गर्दा जतिसक्दो बढी सामान खरिद गरेर घरमा लैजाने गरेका हुनाले बजारमा कृत्रिम अभाव भएको सत्य वास्तविकता हो । त्यस्तो बेला सरकारले उपभोक्तलाई विश्वास दिलाउन सक्नुपर्दथ्यो तर आजसम्म सरकारले विश्वास दिलाउन सकिरहेको छैन । कारण विगतमा सरकारले गर्ने गरेका र भन्ने गरेका कारणलाई जनताले विश्वास गर्न सकिरहेका छैनन् । यसको अर्थ हो सरकारको भनाईलाई जनताले विश्वास गर्न सकेनन् ।

कोरोना भाइरसको प्रकोपपछि देशभरका बजारहरुबाट अत्याश्वयक औषधी सेनिटाइजर माक्स खाना पकाउने ग्यास, चामल, दाल, तेललगायतका आवश्यक बस्तुहरु सर्वसाधारण जनताले महिनाको लागि चाहिने भन्दा झण्डै ४ गुणा बढी खरिद गरी घर घरमा भण्डारण गरेका छन् । ग्यासजस्तो संवेदनशील पदार्थ घरमा धेरै सिलिण्डर राख्नु आफैँमा खतरा भएपनि त्यो खतरा मोल्न उपभोक्ताहरु किन तयार भए भनेर सरकारले सोच्न सकिरहेको छैन । एउटै घरमा चार पाँच महिनाका लागि पुग्ने सामानको भण्डार गर्ने प्रक्रियाले गर्दा चलायमान बजारपनि प्रभाव पर्ने निश्चित छ । यसले गर्दा दैनिक किनेर खाने विद्यार्थी मजदुर निम्नवर्गका जनतालाई ठुलो मार पर्ने देखिन्छ । यस्ता वर्गहरुसँग सिमित बजेट भएकाले यिनीहरुले स्टकमा आवश्यकीय सामानहरु राख्न सक्दैनन् । त्यसैले गर्दा यस्ता वर्ग मारमा पर्ने निश्चित हुन्छ । समय समयमा ५÷७ रुपैँया पर्ने सामानको यस्तो बेलामा १०० पुग्न सक्ने भएकाले निम्न वर्गका उपभोक्ताहरु माक्र्स किन्न सक्ने अवस्थामा छैनन् । यस्ता समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न सरकारले कम्तिमा उपत्यकाबासीलाई तीन महिनासम्म आवश्यक पर्ने सामानको व्यवस्था मिलाउने गरि योजना बनाउनु आवश्यक छ । उपत्यकामा बसोबास गर्ने सर्वसाधारण जनताको तथ्याँक लिएर त्यही तथ्याँकका आधारमा आवश्यक बस्तुको उपभोग दर र मागको बैज्ञानिक मापदण्ड बनाएर लागु गर्न उपयुक्त देखिन्छ ।

उपभोक्ताको दरका आधारमा सरकारी कम्पनी, निजी क्षेत्र र व्यापारिसँग के कति परिणाम कुनकुन बस्तुको कति स्टक रहेको छ, त्यसको खोजविन गरि कति महिनासम्मलाई त्यस्तो स्टक वा मौज्दातले धान्न सक्छ भन्ने एकिन गरी त्यही अनुसारको व्यवस्था गरिनु आवश्यक छ । आपूर्ति व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याइनु सरकारको दायित्व र कर्तव्य समेत हो । कुनै उपभोक्ताले आफूलाई आवश्यक पर्ने भन्दा बढी सामान खरिद गरेर घरमा भण्डारण गरेको पाइएमा त्यस्तो बस्तु संकटकालको समयमा जफत गर्न सक्ने कानुनको आवश्यकता महसुस भएको छ । एउटा ३÷४ जनाको परिवारलाई महिनामा एक सिलिण्डर ग्यास भए पुग्ने भएपनि त्यस्ता परिवारले ५÷७ वटा ग्यास सिलिण्डर घरमा राखेको पाइन्छ, आवश्यकता भन्दा बढी बस्तुको भण्डारण गर्नुपनि एक प्रकारको अपराध नै हो । मुलुकमा संकटकाल उत्पन्न भएको बेला उपभोक्ताहरुलाई अझ संकटमा पार्ने र उपभोक्ताहरुबाट संकट निम्त्याउने प्रवृत्तिले गर्दा निम्न आय भएका उपभोक्ताहरु मारमा पर्ने भएकाले यस्तो बेलामा सरकारले आफ्ना उपस्थिति दरो रुपमा देखाउन सक्नुपर्दछ भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports