२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारले तराईका दुई स्थानीय तह बाट कागजात नियन्त्रणमा लियो

676
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तराईका दुई स्थानीय तह बाट कागजात नियन्त्रणमा लिएको छ । कोरोना महामारीका बेलामा राहत सामग्री वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको हो ।

अख्तियारको बर्दिबास कार्यालय बाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका केही कागजात नियन्त्रणमा लिएको हो । ‘कोरोना कालखण्डका बेलामा राहत र अरु आर्थिक सहायता वितरण भएको भनेर कागजात तयार भएको रहेछ’, अख्तियार स्रोतले भन्यो, ‘तर अन्यत्र रकम खर्च गरेको थाह पाएपछि हामीले अनुसन्धान थालेका हौं ।’

कोरोना कालमा खाद्यान्न सहित अन्य राहत सामग्रीहरूको नक्कली बिल बनाएको भेटिएपछि छापा मारिएको अख्तियार श्रोतले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports