विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको स्थानीय निर्वाचन परिचालन समिति बनाउन निर्देशन

546
shares

काठमाडौं। नेपाली कांग्रेसले प्रदेश लगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्व गठन गर्न परिपत्र गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बिहीबार बसेको बैठकले मातहतका संरचनालाई संसदीय, कार्यसम्पादन, अनुशासन लगायतका समिति गठन गर्न निर्देशन दिएको हो । यस्तै बैठकले स्थानीय चुनावको लागि जिम्मेवारी बाँडफाँड गरी निर्वाचनमा परिचालन हुन निर्देशन दिएको छ ।

बैठकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरु सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्‍जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्‍नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्‍जनी श्रेष्ठ, रंगमती शाही, मञ्‍जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बास्तोला, जीवन रानाले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports