प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्र मा प्रवेश गरे गेसोका अध्यक्ष राई

637
shares

काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राई नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राई सहितका गेसोका पदाधिकारीलाई पार्टी प्रवेश गराएका हुन् ।

अहिले भूतपूर्व गोर्खा सैनिकको मागलाई लिएर बेलायत सरकार सँग वार्ता गर्न नेपालले टोली बनाएको छ, जसमा भूपू गोर्खाहरुको अर्को संगठन गोर्खा सत्याग्रह पक्षलाई समेटिएको छ ।गोसोले आफ्नो पनि प्रतिनिधिधित्व खोजेको थियो । तर गेसोलाई समेटिएन । सत्तारुढ पार्टीमा आवद्ध हुँदा वार्ता टोलीमा प्रतिनिधित्वका लागि सहज हुने देखेर पनि एमाले निकट रहेका राई माओवादी केन्द्र प्रवेश गरेको हुनसक्ने बताइएको छ ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त वार्ता टोलीमा गेसोको प्रतिनिधित्व नहुने सुन्दा आफूलाई अचम्म लागेको बताए । उनले यस विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवा सँग कुराकानी गरेको र प्रधानमन्त्री सकारात्मक रहेको पनि बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports