गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनता अभिभावक विहिनकै अवस्थामा

832
shares

सर्बोच्च अदालतले काठमाडौ उपत्यकालगायत अन्य सहरहरुबाट आफ्नो थाकथलोमा जान चाहने नागरिकलाई अविलम्ब सुरक्षित रुपमा घर फर्काउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । सर्बोच्चले विभिन्न निर्देशानात्मक आदेश जारी गर्दै विभिन्न राजमार्गमा कठिन अवस्थामा हिँडिरहेका नागरिकलाई तत्काल उद्दार गरी गन्तव्यमा पु¥याउन सरकारका नाममा गत शुक्रबार र विहिबार भिन्नभिन्नै इजलासबाट आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा लगायतले दायर गरेको निवेदन माथि सर्बोच्चले त्यस्तो आदेश जारी गरेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्वभरमै आतंक मच्चिएपछि सरकारले गत चैत्र ११ गते देखि मुलुकभरमै लकडाउनको व्यवस्था गरेको छ । मुलुकमा लकडाउन लागु गरिएपछि दैनिक रोजगारी गरी जीवन विताउने मजदुरहरुको जिवन कष्टकर हुँदै गएको र उनीहरु काम गर्ने उद्योग कलकारखानाहरु समेत बन्द भएका हुनाले त्यस्ता मजदुरहरु आ आफ्नो थाकथलोमा जान चाहिरहेका छन् । उपत्यकालगायत मुलुकका अन्य सहरहरुमा बस्दै आएका मजदुरहरु लकडाउनको समयसीमा बढ्दै गएपछि भोकभोकै बस्न बाध्य भएकाले उनीहरु जसरी भएपनि आ आफ्नो घरमा जान चाहिरहेका भएपनि सवारी साधान बन्द भएकाले उनीहरु हिड्दै घर जान बाध्य भएका छन् । उपत्यकाबाट अहिलेपनि ठुलो संख्यामा मजदुरहरु आ आफ्नो घर गइरहेका हुनाले उनीहरुको जीवन कष्टकर बन्दै गएको र खाना र बस्नका लागि कुनै व्यवस्था सरकारले गर्न नसकेको भएपनि बाटोमा उनीहरुमाथि अभद्र व्यवहार समेत हुँदै आएको छ । छोटो समय दिएर मुलुकलाई लकडाउनमा राखिएको हुनाले उपत्यकाबाट आ आफ्नो घर फर्किन चाहने व्यक्तिहरु समेत जान नपाएका हुनाले अहिले उनीहरु लकडाउनकै समयमया हिडेरै घर जान बाध्य भएका छन् । मुलुक संघीयतामा गएपछि मुलुकमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका गरी तीन तहका सरकार रहेका छन् । यी तीनै तहका सरकारबीच राम्रो समन्वय नहुँदा जनता लकडाउनका समयमा कष्टकर जीवन विताउन बाध्य भएका छन् ।

काम गरिरहेका ठाउँमा ठेकेदारहरुले वेवास्ता गरेको र स्थानीय तहले वितरण गरेको राहतमा समेत पहुँच नभएपछि भोकै बस्न नसकेर आ आफ्नो घर हिँडेका मजदुर बाटैमा अलपत्र परेका छन् । त्यसैक्रममा गत शुक्रबार बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय संयन्त्रको बैठकले हिँडेर पनि यात्रा गर्न नदिने निर्णय गरेको थियो । उक्त बैठकलाई प्रधानमन्त्री केपी ओलीले निर्देशन दिँदै लकडाउनलाई अझै कडा पार्न निर्देशन दिएका छन् । उच्चस्तरीय समन्वय समितिमा रहेका मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखहरुलाई एकै ठाउँमा राखेर प्रधानमन्त्रीले लकडाउन अझ कडा पार्न निर्देशन दिएका हुन् । सो अवसरमा प्रधानमन्त्रीले लकडाउन भनेको लकडाउन नै हो त्यसैले अत्यावश्यक काम बाहेक कसैलाई पनि बाटोमा निस्किन नदिनु भन्नेमात्र निर्देशन दिएका छन् । एकातिर सर्बोच्च अदालतले अलपत्र परेका सबैलाई घर जाने व्यवस्था मिलाउन आदेश दिएको छ भने अर्कोतर्फ प्रधानमन्त्रीले लकडाउनलाई अझ कडा पार्न आदेश दिएका हुनाले अहिले बाटोमा अलपत्र परेका व्यक्तिहरुप्रति सरकार जिम्मेवार नभएको जस्तो देखिएको छ । प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका छन् जो जहाँ पुगेका छन् त्यही उनीहरुलाई खानाको व्यवस्था मिलाइदिनु भन्दै त्यही बस्न लगाउने व्यवस्था गर्न भनेका हुनाले मजदुर र उनीहरुसँगै रहेका बालबच्चाका कन्तविजोग हुन सक्ने सम्भावना बढेको छ ।

लकडाउन कायम रहेको र कहिले लकडाउन हट्छ भन्ने कुनै ग्यारेन्टी नभएकोले गर्दा उपत्यकामा रहेका मजदुरसहित अन्य व्यक्तिहरु समेत आफ्नै थाकथलो घर घरमा जान चाहिरहेका छन् । उपत्यकाबाट आफ्नो घर फर्किन चाहने व्यक्तिहरुलाई उनीहरुको घरसम्म पु¥याईदिने दायित्व सरकारको हो । सजिलो अवस्थामा आ आफ्नो घरमा जान जनताले सरकारलाई गुहार मागेको थिएनन्, छैनन् । तर अप्ठ्यारो अवस्था पर्दा उनीहरुले सरकारसँग गुहार माग्नु उचित हो । लकडाउनले गर्दा स्कुल कलेजहरु बन्द भएका छन् । उद्योगधन्दाहरु बन्द रहेका छन् । स्कुल कलेजहरुसँग धेरै गाडीहरु रहेका हुनाले र नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरीहरुसँग समेत ठुला ठुला गाडी रहेका हुनाले त्यस्ता गाडीहरु प्रयोग गरेर सरकारले सुरक्षित रुपमा उपत्यका बाहिर जान चाहने व्यक्तिहरुलाई उनीहरुको गन्तव्यमा पु¥याई राहत दिन सक्ने हो भने हिडेर जानुपर्ने अवस्था समेत आउने थिएन । आफूलाई जनताको सरकार भन्ने ओली सरकारले पछिल्लो समयमा जनताको अभिभावक भएको भूमिका सम्म निभाउन नसकेको हुनाले त्यसको चौतर्फी विरोध भएको छ । सरकार भनेको जनताको अभिभावक हो । आफ्ना जनतालाई अप्ठ्यारो पर्दा जनतालाई सहयोग गर्नु सरकारको कर्तव्य र दायित्व भएपनि ओली सरकारले अहिले त्यो दायित्व निभाउन सकेको देखिएको छैन । अदालतले जनतालाई राहत देऊ घर जान देऊ भनेर भन्नुपर्ने अवस्था सरकारले नै सिर्जना गरेका हुनाले यस्तो सरकारलाई कसरी लोकतान्त्रिक सरकार भन्न सकिन्छ ?

ओली सरकारका मन्त्रीहरु समेत केहीलाई छोडेर अहिले उनीहरु नै लकडाउनमा बसेका छन् । मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेका गृहमन्त्री गुमनाम रहेका छन्, मजदुरका नेता भनाउँदाहरु समेत गुमनाम रहेका छन् । चुनावका बेला गाडी रिजर्भ गरेर भोट माग्न जाने नेताहरु मुसो दुलोभित्र पसेजस्तो गरि दुलोभित्र पसेका छन् । यी सबै कारणहरुले गर्दा प्रष्ट हुन्छ जनता अहिले अभिभावविहिन भएको हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports