तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उच्चस्तरीय संयन्त्र हुटिट्याउँ प्रवृत्ति

481
shares

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका दुई अध्यक्ष मध्येका एक कार्यकारी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उच्चस्तरीय संयन्त्रको गठन व्यक्तिगत कुण्ठामात्र भएको वताएपछि दाहाल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीप्रति रुष्ट भएका छन् । प्रधानमन्त्री केपी ओलीले गत आइतबार सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरुसँग आफ्नै सरकारी निवासमा भएको भेटमा त्यस्तो अभिव्यक्ति दिएका थिए ।

केही समय पहिला अध्यक्ष पुष्पकमल दाहालले एक निजी टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यस विषयमा प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै त्यस्तो प्रस्तावलाई एकाध व्यक्तिको कुण्ठा र हुटिट्याउँ प्रवृत्ति समेत भनेका छन् । सो अवसरमा प्रधानमन्त्रीले प्रश्न गर्दै भने विश्वका कुन देशमा यस्तो संयन्त्र गठन भएको छ भन्दै सरकारभन्दा माथि अर्को संयन्त्र छ ? अहिलेको सरकार दुई तिहाई नजिकको बहुमतको सरकार हो । यो सरकार जनादेश प्राप्त हो भन्दै प्रधानमन्त्रीले भने एकाध दम्भपूर्ण अभिव्यक्ति बेग्लै कुरा हुन् ।

केही व्यक्तिमा कुण्ठा, अन्योल र दिशा हिनताले सदाबहार कराउने प्रवृत्ति देखिन्छ भन्दै त्यो हुटिट्याउँ प्रवृत्ति रहेको बताउँदै ती कुरा कति सान्दर्भिक छन् भन्ने प्रश्न समेत गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले भने संयन्त्रको कुरालाई आफुले गर्न पाइन भन्ने कुण्ठा पोखिएको रुपमा व्याख्या समेत गरेका छन् । सो संयन्त्रमा नागरिक समाजपनि राख्नुपर्ने भनिएको छ भन्दै कुन नागरिक राख्ने त्यो कसरी छुट्याउने यदि त्यसो हो भने सबै नागरिकलाई स्वत सदस्य हुने एक संयन्त्र बनाउँदै त्यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछ भन्दै अन्यथा मैले नेतृत्व गर्न पाइन लोकप्रिय हुन पाइन वा काम गरेको देखाउन पाइन भन्ने अनाधिकृत र कुण्ठा मानसिकता मात्र हो यस्ता कुराको अर्थ छैन । अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठीक नभएको बताउँदै त्यसले पार्टीलाई नभई सम्बन्धित वयक्तिलाई नै नोक्सान पार्ने बताएका छन् ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि अध्यक्ष दाहाल रुष्ट भएका छन् । अध्यक्ष दाहालले पार्टीका नेता माधव कुमार नेपाललाई सहयोगमा लिएर प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन लागि परेको हल्ला चलेपछि प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई काउन्टरको रुपमा त्यस्तो अभिव्यक्ति दिएको जस्तो देखिएको छ । सरकारी सञ्चारमाध्यमसँग कुराकानी गरेकै दिन बेलुका प्रधानमन्त्री ओलीले पार्टीका नेता मावध नेपालसँग भेट गरी आफूलाई कसैबाट सहयोग नगरेको र पार्टीले समेत सहयोग नगरेको बेला बेलामा बताउँदै आएका थिए । पछिल्लो समयमा अध्यक्ष दाहालले पूर्व एमालेका नेताहरुसँग चलखेल गरी पूर्व एमालेका नेताहरुलाई साथ लिन खोजेपनि त्यसमा असफल भएका हुनाले दाहाल आक्रान्त भएको अप्रत्यक्ष रुपमा ओलीले उद्घोष गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports