नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अगामी शुक्रबार देखि देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको दिइने

481
shares

काठमाडौं । सरकारले अगामी शुक्रबार देखि देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ । सरकारले १५ महिना देखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो ।सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ ।

यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ । परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोग मध्ये तेस्रो र अस्पताल भर्ना हुने कारण मध्ये टाइफाइड रोग चौथोमा पर्ने देखिएको छ ।

‘पछिल्लो अध्ययन अनुसार नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको छ । टाइफाइड रोगको संक्रमण सबै उमेरका समूहमा हुन्छ । संक्रमित हुने ६० प्रतिशत १५ बर्षमुनिका बालबालिकामा छन्,’ बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले भने । टाइफाइड खोप बाट यो रोगको संक्रमणमा उल्लेख्य कमी ल्याउन सकिने पुष्टि भएको भन्दै राष्ट्रिय खोप सलल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपाल सहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियान सँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports