२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस वर्ष देखि राष्ट्रिय भलिबल प्रतियोगितामा पुरस्कार राशि दोब्बर

806
shares

काठमाडौं । छैटौं राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर भएको छ । यस वर्ष देखि प्रतियोगितामा पहिलो हुनेले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार रुपैयाँ पाउने नेपाल भलिबल संघले जनाएको छ ।

संघले आगामी वैशाख १८ देखि २४ राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा छैटौं राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दैछ । जसमा पुरुष तर्फ ७ टिम र महिला तर्फ ५ टिम सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले बताए ।

उत्कृष्ट विधा तर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कष्ट सेटर उलकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन ।

यस्तै उपत्यका बाहिर बाट लिगमा छनौट भएका क्लवहरुलाई प्रोत्साहन एवं बाटो खर्च स्वरुप ७० हजार रुपैयाँ दिने संघले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने अनुमान छ । प्रतियोगिताको प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ दिनेछ ।

प्रायोजन सम्बन्धी सम्झौतामा मंगलबार नै राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports