प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपराष्ट्रपति पुनको उत्पादनमूलक व्यवसाय गर्न व्यवसायीहरु सँग आग्रह

585
shares

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले उत्पादनमूलक व्यवसाय गर्न व्यवसायीहरु सँग आग्रह गरेका छन् । मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनमा बाेल्दै उपराष्ट्रपति पुनले बाह्य मुलुक बाट आयात गरी व्यवसाय गर्ने तर्फ नभई स्वेदेशमै उत्पादन बढाउने किसिमकाे व्यवसाय गर्न आग्रह गरेका हुन् ।

निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर गरेको भन्दै उनले उत्पादन मूलक व्यवसाय गर्नुपर्नेमा जोड दिए । केही पूँजीपतिहरु आफ्नाे पूँजी बाहिर लैजान खाेजेकाे भन्ने आफूले सुनेकाे भन्दै उनले नेपालमै लगानी गर्न आग्रह गरे ।

‘म नेपाली पूँजीपतिहरु सँग आग्रह गर्न चाहान्छु । पूँजी बाहिर लैजाने नसाेच्नुस्,’ उनले भने, ‘सरकारले पनि ध्यान दिनुपर्नेछ, नेपालमै लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’ उनले आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्र सँग मिलेर अघि बढ्नुपर्ने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports