सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री ज्ञवाली र सांसद रावलबीच टकराव

520
shares

काठमाडौ । सत्ताधारी दलभित्रको आन्तरिक किचलोले गर्दा नेताहरुबीच एकले अर्कोलाई बिझाउने खालका अभिव्यक्तिहरु दिन थालेका छन् । यस्तै दृष्य प्रतिनिधिसभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा देखिएको थियो । भारतले नेपालको भूमि प्रयोग गरेर लिपुलेकबाट मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा छलफल गर्न बोलाइएको समितिको बैठकमा पूर्व उपप्रधानमन्त्री समेत रहेका भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकले अर्कोलाई छेडछाड गरेका छन् ।

समितिले विहान ८ बजे भन्दा अगाडि नै बैठक बोलाएको थियो । सोही दिन १० बजे प्रतिनिधिसभाको बैठक समेत रहेकोले १० बजेभन्दा अगाडि नै समितिको बैठक सक्नुपर्ने थियो । समितिका सभापति पवित्रा निरौला खरेलले समितिको बैठक बस्नुअघि नै त्यस विषयमा जानकारी गराएकी थिइन् । सभापति निरौला खरेलले समितिका सदस्य सांसदहरुलाई आफ्ना कुरा छोटकरीमा राख्न निर्देशन समेत दिएकी थिइन् । बैठक सुरु हुनासाथ परराष्ट्रमन्त्रीले अहिलेसम्म भएका गतिविधिका बारेमा जानकारी गराएपछि सांसदहरुले बोलेका थिए । सांसदहरुले लामो समयसम्म बोलेको भन्दै सभापतिले छिटो आफ्ना कुरा राख्न पटक पटक निर्देशन दिएकी थिइन् । गम्भीर विषयमा सांसदहरुलाई केही मिनेटमा आफ्ना कुरा राख्न सभापतिले निर्देशन दिनु गलत रहेको थियो । मुलुकको सीमा मिचिएको छ त्यस विषयमा गहन छलफल र अध्ययन गरेर सरकारलाई उचित निर्देशन दिनुपर्ने समितिले झारा टार्ने उदेश्यले समितिको बैठक राखेको जस्तो देखिएको छ ।

सासद भीम रावलले हात उठाउँदै सभापतिलाई भने यस्तो गम्भीर विषयमा छलफल गर्न कहिले बैठक बस्छ ? राष्ट्रिय अखण्डताभन्दा ठुलो विषय अन्य के काम हुनसक्छ ? मलाई जवाफ दिनुहोस् भनेर सभापतिसँग उत्तर मागेका थिए । सभापतिले मन्त्रीजीसँग कुरा गरेर बैठकको टुँगो लगाउँला भन्दै अहिले मिति तोक्न नसकिने उद्घोष गरेपछि सांसद रावल पटक पटक बोल्न खोज्दा पनि समय पाएनन् । बीचमै उठेर सांसद रावलले भने परराष्ट्रले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्तामार्फत सञ्चारमाध्यमलाई जानकारी गराइन्छ भन्दे यस्तो वेवारिसे वक्तव्य जारी गरेर भोली बैठकमा आउँदिन भन्न मिल्दैन भनेपछि जवाफमा मन्त्री ज्ञवालीले भने विज्ञप्ति माथिल्लो तहबाट निकालिएको हो यो कुनै प्रवक्ता सचिव वा सहसचिव वा कुनै डिभिजनका भनाई होइन ।

यो परराष्ट्र मन्त्रालयको धारणा हो माननीय ज्युहरुलाई गुगल सर्च गनुहोस् भन्दै हुनुहुन्छ वहाँहरुलाई गुगल सर्च गर्नुहोस् भन्न चाहान्छु भन्ने उत्तर दिएका थिए । यसरी एउटै पार्टीका सांसद भएपनि मन्त्री ज्ञवाली र सांसद रावलबीचको जुहारीले अन्य सांसदहरुलाई रमाइलो गराएको थियो । मन्त्री ज्ञवाली प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिन्छ भने रावल नेकपाका वरिष्ठ नेता माधव नेपाल पक्षका नेता हुन् । यी दुईबीच एमसीसीका बारेमा विवाद रहेको र नेकपाले गठन गरेको एमसीसी विवादका बारेमा यिनीहरु दुवैको मतभिन्नता भएकाले समितिको बैठकमा त्यस्तो देखिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports