२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चले एआइजी बढुवा विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

806
shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी)का लागि भएको बढुवा सिफारिस विरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज उक्त रिट निवेदन माथि प्रारम्भिक सुनुवाइ पछि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वरिष्ठताक्रम र कार्य क्षमताको आधारमा नभई गैरकानूनी रूपमा बढुवा गरेको उल्लेख गर्दै यही चैत १७ गते प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो ।

मन्त्रिपरिषद्ले डिआइजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports