तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शिक्षकले छात्राहरु माथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड र तालाबन्दी

364
shares

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारी स्थित जनता माविका शिक्षकले छात्राहरु माथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा विद्यार्थीहरुले तोडफोड र तालाबन्दी गरेका छन् । विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले यौन दुर्व्‍यवहार गरेको भन्‍दै उनीहरुलाई निकाल्न माग गर्दै तोडफोड र तालाबन्दी गरेका हुन् ।

विद्यालयका तीन शिक्षकहरुले गलत नियतले छात्राहरु माथि दुर्व्‍यवहार गरेको भन्‍दै फागुन ११ गते अभिभावकले र फागुन २० गते विद्यार्थीहरुले विद्यालय प्रशासनमा मौखिक उजुरी गरेका थिए । त्यसपछि पुन: चैत ७ गते विद्यार्थी तथा अभिभावकले संयुक्त रुपमा चैत ७ गते लिखित तथा मौखिक उजुरी दिएको विद्यालयका प्रधानाध्यापक बसन्त राईले बताए ।

विद्यार्थी तथा अभिभावकको उजुरी पछि विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले छानबिन गर्दा शिक्षकहरुको कमजोरी भेटिएपछि शिक्षकहरुलाई लिखित मौखिक स्पष्टीकरण सहित माफी माग्न लगाएर निलम्बन गरिएको थियो । तर विद्यार्थीहरुले विद्यालय प्रशासनको उक्त निर्णयमा असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका हुन् ।

विद्यार्थीहरुले शिक्षकहरुलाई निष्कासन गर्नुपर्ने माग राखेपछि मंगलबार विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थीको संयुक्त बैठक बोलाइएको थियो । तर बैठक बसिरहेका बेला विद्यार्थीहरु बाहिर निस्केर विद्यालयमा तोडफोड गरेको प्रधानाध्यापक राईले बताए ।

उनले भने ‘आज सबै पक्ष बैठक बसिरहेका थियौं । बैठक बस्दाबस्दै विद्यार्थीहरुले बैठकमा भएको कुराकानी चित्त नबुझेको भन्दै निस्केर भौतिक संरचना तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् ।’ विद्यार्थीहरुले आरोपित शिक्षकलाई निष्कासन गर्नुपर्ने भन्दै तोडफोड गर्न थालेपछि फापरबारी इलाका प्रहरी कार्यालयका प्रहरी विद्यालयमा पुगेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports