विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सगरमाथाको दास्रो शिविर सम्म जाने बाटो खुल्यो

754
shares

काठमाडौं । सगरमाथाको दोस्रो शिविर सम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविर देखि दोस्रो शिविर सम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्ने लगायत काम गरिरहेका छन् ।


दोस्रो शिविर सम्मको बाटो खुले सँगै आरोहीहरूलाई त्याहाँ सम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविर सम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविर बाट दोस्रो शिविर सम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ ।

यस पटक आधार शिविर देखि दोस्रो शिविर सम्म १५ वटा भ¥याङ प्रयोग गरिएको उनले जानकारी दिए। यसअघि सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो । दोस्रो शिविर सम्मको बाटो प्रयोग गरेर सगरमाथा सहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ । आधार शिविरमा हरेक समूहले बौद्ध परम्परा अनुसार पूजापाठ गरी हिमालमा कुल्चनु अघि क्षमापूजा र शक्ति माग्ने प्रचलन रहेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports