kumari
stcnepal

सगरमाथाको दास्रो शिविर सम्म जाने बाटो खुल्यो

काठमाडौं । सगरमाथाको दोस्रो शिविर सम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधार शिविर देखि दोस्रो शिविर सम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्ने लगायत काम गरिरहेका छन् ।


दोस्रो शिविर सम्मको बाटो खुले सँगै आरोहीहरूलाई त्याहाँ सम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविर सम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविर बाट दोस्रो शिविर सम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ ।

यस पटक आधार शिविर देखि दोस्रो शिविर सम्म १५ वटा भ¥याङ प्रयोग गरिएको उनले जानकारी दिए। यसअघि सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो । दोस्रो शिविर सम्मको बाटो प्रयोग गरेर सगरमाथा सहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ । आधार शिविरमा हरेक समूहले बौद्ध परम्परा अनुसार पूजापाठ गरी हिमालमा कुल्चनु अघि क्षमापूजा र शक्ति माग्ने प्रचलन रहेको छ ।

 

 

 

footer